रिलायन्स फाइनान्सले लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिलायन्स फाइनान्सले लाभांश नदिने



काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/०८० का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । संस्थाको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई गत आवको सञ्चित मुनाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त बैठकले गत आवको वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने पनि निर्णय गरेको छ ।

संस्थाको चुक्ता पुँजी हाल एक अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ रहेको छ ।

प्रकाशित : ९ असार २०८१, आईतवार १२:४८