सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले लिलामीमा राखेको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन (असार ९) रहेको छ ।

कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको आफ्नो ६४ हजार ६१२ कित्ता शेयर लिलामीमा राखेको छ।

न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपियाँ तोकिएको यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनी तथा सर्वसाधारणले किन्न पाउनेछन् ।

न्यूनतम पाँच हजार र बढीमा प्रस्तावित सबै कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।

इच्छुक लगानीकर्ताले काठमाडौं, नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

कम्पनीले असार २ गतेदेखि लिलामी शेयर बिक्रीमा ल्याएको हो ।

प्रकाशित : 23 June, 2024 11:40 am