आज विदेशी मुद्राको विनिमयदर कुन देशको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आज विदेशी मुद्राको विनिमयदर कुन देशको कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज असार ९ गते आइतबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ३६ पैसा कायम भएको छ । त्यस्तै, आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ १५ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ५१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १६९ रुपैयाँ २७ पैसा खरिद दर १६८ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : ९ असार २०८१, आईतवार ०७:४५