विश्व किसान संगठनको सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थतन्त्र

विश्व किसान संगठनको सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौ । एफ ए ओ को मुख्यालय इटालीको रोममा भएको विश्व भरका किसानहरुको छाता संगठन विश्व किसान संगठनको सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित हुनुभएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहनुभएका पाठक एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित हुनुभएको हो ।


पाठक सहित विश्व किसान संगठनको सञ्चालकमा विश्वभरबाट ६ जना निर्वाचित हुनुभएको छ । विश्वभरका सक्रिय किसान संघ संगठनहरुको छाता संगठनका रुपमा रहेको विश्व किसान संगठनमा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हुनुहुन्छ ।


किसान र कृषि क्षेत्रको रुपान्तणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको विश्व किसान संगठनको उच्चतह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनु आफैमा खुसी र गौरवको कुरा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले जनाएको छ । गरिबी निवारण, साना किसानको समृद्धि, ग्रामीण अर्थतन्त्र सुधार सहित महिला नेतृत्व विकासका क्षेत्रमा सहकारी अभियान र साना किसान अभियानमार्फत निरन्तर सक्रिय खेम बहादुर पाठक इटालिको रोममा भएको विश्व किसान संगठनको महासभा २०२४ को सदस्य संगठनहरूको चुनावमा सर्वसम्मतले निर्वाचित हुनुभएको हो ।

माहासभाको निर्वाचनको यो परिणामले नेपालको सहकारी अभियान, साना किसान बिकास अभियान परिवार, सरोकारवालाहरु, किसानहरु, सहकारी अभियन्ता, तथा सम्पूर्ण नेपालिहरुलाई अन्यन्तै हर्षित र गौरवान्वित बनाएको छ । धादिङ्ग जिल्लाको विकट गाउँबाट निरन्तर सहकारी अभियानमा संलग्न खेम बहादुर पाठक, गाउँ, गाबिस, साना किसान बिकास आयोजना, साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष, जिल्ला संघ, हुँदै साना किसान विकास बैंकको संचालक समितिको सदस्य, नेपाल कृषि सहकारी केन्द्रिय संघको अध्यक्ष, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको अध्यक्ष, रास्ट्रिय सहकारी महासंघको उपाध्यक्षको भूमीकामा रहँदै आउनुभएको छ ।

साना किसान बिकास लघुवित्त वित्तीय संस्था र सम्पूर्ण साना किसान अभियानलाई सशस्त्र द्धन्दकाल, राजनीतिक अस्थिरता तथा विभिन्न कठिन अवस्थाबाट जोगाउँदै आज यो अवस्थामा ल्याउन पाठकको महत्वपूर्ण योगदान रहेको छ ।
विश्वभरका सबै विशिष्ट प्रतिनिधिहरुको विस्वासले विश्व किसान संगठनको संचालक समितिको सदस्यको रुपमा खेम बहादुर पाठकको कार्यकाल विश्वभरिका सम्पूर्ण किसानहरुको हित र स्वर्णीम भविष्य निर्माणका लागि महत्वपूर्ण रहने छ ।

प्रकाशित : ६ असार २०८१, बिहिबार ११:१२ 20 June, 2024 11:12 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।