नुवाकोटको बिदुर स्थित चक्रदेब हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई आकर्षक छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नुवाकोटको बिदुर स्थित चक्रदेब हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई आकर्षक छुट



काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले नुवाकोटको बिदुर स्थित चक्रदेब हस्पिटलमा विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने भएका छन्।

हस्पिटलले उपलब्ध गराउने विभिन्न सेवामा छुटसम्बन्धी सम्झौतामा दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट बट्टार शाखाको प्रमुख सुबर्ण राज कंडेल र चक्रदेब हस्पिटलका तर्फबाट निर्देशक सुशील पन्डित ले हस्ताक्षर गरे ।

प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहक एवम् बैंकका कर्मचारीहरुले सो हस्पिटलले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । जस अन्तर्गत ओ पि डि टिकट र फार्मेसी मा भने छुट पाउने छैनन् ।

बैंकले दिने सेवामा छुट पाउनका लागि प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको क्यूआर कोड, डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलमार्फत बिल भुक्तानी गर्नुपर्ने छ ।

प्रकाशित : ६ असार २०८१, बिहीबार ०९:३५