अधिक तरलताः बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

अधिक तरलताः बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडाै । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्ने भएको छ ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि बिहीबार अपराह्न ३ बजे बोलकबोल हुने भएको छ।

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। १४ दिने अवधिको निक्षेपको असार २० गते साँवा तथा ब्याज भुक्तानी गरिने सूचनामा उल्लेख छ ।

आर्थिक वर्षको अन्तिममा सरकारले बढाएका खर्चसँगै निक्षेप लगातार बढ्ने तर कर्जा विस्तार नहुँदा बैंकहरू अधिक तरलताको दबाबमा छन् ।असार ५ गतेसम्मको तथ्यांकअनुसार राष्ट्र बैंकमा बैंकिङ प्रणालीबाट खिचेको अधिक तरलता १ खर्ब ८३ अर्ब ७० करोड रुपैयाँ छ ।अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल छ।

प्रकाशित : ६ असार २०८१, बिहीबार ०९:२८