राष्ट्रिय वाणिज्य बैंकको शाखा काभ्रेपलाञ्चोकको तामाघाटमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंकको शाखा काभ्रेपलाञ्चोकको तामाघाटमा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै।राष्ट्रिय वाणिज्य बैंकले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका- ४, तामाघाटमा शाखा कार्यालय विस्तार गरेको छ ।

कम्पनीले शाखा कार्यालय विस्तार गरी सोमबारबाट कारोबारसमेत शुभारम्भ गरेको छ । यसपछि कम्पनीको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको छ ।

हाल कम्पनीको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ वटा एटीएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा छन् ।

यसैगरी, कम्पनीका ७१ वटा एक्स्टेन्सन काउण्टर,क्युआर कोड दसेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ग, कनेक्त आईपीएस स्मार्ट क्युर टेलर, इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ तथा विना इन्टरनेट चल्ने यूएसएसडी मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा छन् ।

प्रकाशित : ४ असार २०८१, मंगलबार १४:३५ 18 June, 2024 2:35 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।