सूर्यज्योति लाइफको ३ लाख कित्ता शेयर बिक्री गर्दै एनआईसी एसिया बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

सूर्यज्योति लाइफको ३ लाख कित्ता शेयर बिक्री गर्दै एनआईसी एसिया बैंक



काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स शेयर आज असार ४ गतेबाट बिक्रीमा राखिएको छ। बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बिक्रीमा राखिएको शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन यही असार ११ गतेसम्म दिन सकिनेछ।

इच्छुक लगानीकर्ताले बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयका साथै एनआईसी एसिया बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालय तथा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सक्नेछन्।

प्रकाशित : ४ असार २०८१, मंगलवार १४:२४