सूर्योदय वोमी लघुवित्तसहित यी तीन कम्पनीको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सूर्योदय वोमी लघुवित्तसहित यी तीन कम्पनीको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । तीन कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । संस्थापक सेयर बिक्रीमा ल्याउने कम्पनीहरूमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड रहेका छन् ।

यी कम्पनीले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ३३ हजार १६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् ।

कम्पनीले बिक्रीमा ल्याएको यो सेयर संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।

सूर्योदय वोमी लघुवित्तले ५२ हजार ३५८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । यो सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र संस्थाको ललितपुरस्थित कर्पोरेट कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा विवरण खुलाई निवेदन दिन सक्नेछन् ।

यस्तै, किसान लघुवित्तले १२ हजार ४८८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । यो सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर विवरण खुलाई कैलालीस्थित केन्द्रीय कार्यालय वा कर्पोरेट कार्यालय काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यसैगरी कामना सेवा विकास बैंकले ७८ हजार ३१९ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यो सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् ।

तोकिएको समयमा खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीहरूले जनाएका छन् ।

प्रकाशित : ३ असार २०८१, सोमबार ०८:४४