सूर्यज्योति लाइफको मोबाईल एप डाउनलोड ६० हजार नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

सूर्यज्योति लाइफको मोबाईल एप डाउनलोड ६० हजार नाघ्यो



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले अहिले सम्म आफ्नो मोबाइल एपको डाउनलोड ६० हजार भन्दा बढी पुगेकोमा यसलाई महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ।

मर्जर पश्चात परिमार्जन गरि सेवामा ल्याएको सूर्यज्योति मोबाईल एपले छोटो समयमै प्राप्त गरेको यो उपलब्धिले एपको बढ्दो लोकप्रियता र ग्राहक तथा बीमितहरूले सूर्यज्योति लाइफ इन्स्योरेन्स प्रति राखेको विश्वासलाई उजागर गरेको बिश्वाश कम्पनीले गरेको छ।

यो एपको प्रयोगले अभिकर्ताहरुलाई व्यवसाय बिस्तार गर्न र बीमा योजना समबन्धि सम्पूर्ण जानकारी लिन सहज हुने र सक्रिय
अभिकर्ता बीच आफ्नो टीम व्यवसाय बिस्तार गर्न अमूल्य भूमिका खेल्ने कम्पनीले जनाएको छ।

यो एपमा एकदमै परिष्कृत प्रिमियम क्यालकुलेटरको सुबिधा भएका कारण अभिकर्ताहरुले बिमितको उपयुक्त विवरणहरू समावेश गर्नासाथ बिमितको प्रिमियमको जानकारी तुरुन्तै पाउन सकिने र कुन बीमा पोलिसी लिन उपयुक्त हुन्छ सो को अनुमान तुरुन्तै गर्न सकिन्छ।

अभिकर्ताहरूले आफ्नोटिमव्यवसाय,बिमितहरुकोवृस्तितजानकारी,मेडिकलसहितकोप्रिमियम,नवीकरणसम्बन्धिविवरण,आयविवरण,अभिकर्तासंजाल,नोटिफिकेसन तथा अन्यथुप्रै सुबिधाहरु समावेशभएककारणसूर्यज्योतिमोबाईल एप अभिकर्ताहरुकोरोजाईमा परेको हो जसलेगर्दा उनीहरूलाई आफ्नो आम्दानीलाई प्रभावकारीरूपमा व्यबस्थापनगर्न रआफ्नो वित्त व्यवस्थापनगर्न मद्दत पुग्दछ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, प्रकाश बिक्रम खत्रीले एपकोउल्लेखनिय सफलताले आफूलाई थप उत्साहित बनाएको,व्यक्त गर्दै हाम्रो एप ६०हजार भन्दा बढि डाउनलोड भएको र सूर्यज्योति लाइफका १० हजार रजिस्टर्ड अभिकर्ताहरूलेयो सुविधाहरू प्रयोग गर्नु भएकोमा हामी धेरै खुशी भएका छौं । हाम्रा ग्राहकहरू र अभिकर्ताहरूका लागि डिजिटल माध्यमबाट उत्कृष्ट एबम नवीनतम प्रबिधि मार्फत सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको यो ज्वलन्त उदाहरण हो ।जीवन बीमा सम्बन्धि सेवा र सुविधाहरुलाई सरल र सुलभ बनाउन हाम्रो एपले प्रभावकारी भूमिका खेल्नेमा हामी ढुक्क छौ।

साथै बीमा क्षेत्रमा डिजिटल प्रबिधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै, सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफुले प्रदान गर्ने सेवा लगाएत सूर्यज्योति लाइफको एपमा समय सापेक्ष परिमार्जित र परस्कृत गर्दै लैजाने खत्रीले बताए।

प्रकाशित : ३ असार २०८१, सोमबार ०८:१०