बीमा प्राधिकरणको सचिवको जिम्मेवारी निर्देशक सुवेदीलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

बीमा प्राधिकरणको सचिवको जिम्मेवारी निर्देशक सुवेदीलाई



काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी निर्देशक सुशीलदेव सुवेदीले पाएका छन् । असार १ गतेदेखि लागु हुने गरी निर्देशक सुवेदीलाई सचिवको जिम्मेवारी दिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको कार्यकारी निर्देशक राजुरमण पौडेल रिटायर भएपछि सचिव पद पनि रिक्त रहेको छ । प्राधिकरणमा कार्यकारी निर्देशक सञ्चाक समितिको सचिव हुने व्यवस्था छ ।

सुवेदिलाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी दिएको प्राधिकरणकी सहायक प्रवक्ता पुनम ज्ञवालीले जानकारी दिइन् । सुवेदीले केहि साता अघि प्रवक्ताको जिम्मेवारी पनि पाएका थिए ।

प्रकाशित : २ असार २०८१, आईतवार २०:०३