बेष्ट फाइनान्सको संस्थापक शेयर लिलाम बढाबढमा, जो कोहिले आबेदन दिन पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

Feature News

बेष्ट फाइनान्सको संस्थापक शेयर लिलाम बढाबढमा, जो कोहिले आबेदन दिन पाउने



काठमाडाैं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हकप्रदमा अवितरित संस्थापक शेयर लिलाम बढाब मार्फत विक्री गर्ने भएको छ। हकप्रदमा अवितरित संस्थापक शेयर खरिद गर्न इच्छुक जो कोहिले आबेदन दिन मिल्ने कम्पनीले जनाएको छ।

कम्पनीकाअनुसार कम्पनीले हकप्रदमा अवितरित ३ लाख ५६ हजार ७४ दशमलब ५७ कित्ता संस्थापक शेयर लिलाम बढाबढमा राखिएको छ। यसमा जो कोहि इच्छुक व्यक्ति, संस्था, कम्पनीले आबेदन दिन सक्नेछन।

कम्पनीकाअनुसार जो कोहिले यहि असार ४ गतेदेखि असार ११, २०८१ सम्म इ आबेदन दिन सक्नेछन। आबेदन दिंदा प्रतिकित्ता न्युनतम एक सय रुपैयाँदेखि अधिकतम आफुलाई लागेको मुल्यसम्म कबोल गर्नुपर्ने छ। तर प्रतिकित्ता न्युनतम सय रुपैयाँ कबोल गर्नुपर्ने हुन्छ।

पछिल्लो पटक कम्पनीको संस्थापक शेयर प्रति कित्ता १८८ रुपैयाँमा रहेको छ भने साधारण शेयर ४२२ रुपैयाँ ५० पैसा रहेको छ। कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रकाशित : २ असार २०८१, आईतवार १३:४८