विजय लघुवित्तले लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

विजय लघुवित्तले लाभांश नदिने



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको गत असार १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीको सोही बैठकले वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २ असार २०८१, आईतवार १२:२१