माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा



काठमाडौं । माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक शेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

यो शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसअघि उक्त शेयर बैंकका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीहरुबाट कुनै निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिएको बैंकले जनाएको छ।

प्रकाशित : 16 June, 2024 10:20 am