एनआईसी एशिया बैंककाे यस्ताे छ नयाँ ब्याजदर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

बैंक / वित्त

एनआईसी एशिया बैंककाे यस्ताे छ नयाँ ब्याजदर



काठमाडौं । एनआईसी एशिया बैंकले असार १ गतेदेखि लागू हुने गरि शुक्रबार नयाँ ब्याजदर सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।

प्रकाशित विवरण अनुसार कम्पनीले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत कायम गरेको छ। गत जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फको ब्याजदर चाहिं ७.८० थियो ।

यस्तै संस्थागत तर्फ अधिकतम ६.६९ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल ५ वटा मुद्दती खाता सञ्चालन गरिरहेको छ। बैंकले संस्थागत तर्फ चार वटा खाता सञ्चालन गरेको छ ।

प्रकाशित : ३२ जेष्ठ २०८१, शुक्रबार १२:४७