राष्ट्र बैंकले बजारबाट ३० अर्ब झिक्दै, दुई दिनमै ६५ अर्ब तरलता खिच्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

राष्ट्र बैंकले बजारबाट ३० अर्ब झिक्दै, दुई दिनमै ६५ अर्ब तरलता खिच्दै



काठमाडौं । अघिल्लो दिन बिहीबार मात्रै बजारबाट ३५ अर्ब रुपैयाँ झिकेको केन्द्रीय बैकले आज पनि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३० अर्ब रुपैयाँ झिक्न लागेको हो ।

राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी असार १४ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित : ३२ जेष्ठ २०८१, शुक्रबार १२:१७