नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले बिहीबार सूचना प्रकाशित गर्दै मुद्दती निक्षेपमा लगानी गर्न लगानीयोग्य क, ख र ग वर्गका राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्थालाई शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीको वेबसाइटमा उपलब्ध रहेको फारम भरी तीन दिन भित्र गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

प्रस्तावको मान्य अवधि एक महिनाको हुनु पर्ने र केन्द्रीय कार्यालय बाहेक अन्य प्रस्ताव मान्य नहुने पनि सूचनामा उल्लेख छ।

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहीबार १७:०६