विकास बैंकहरुको खुद नाफा सवा तीन अर्ब, कुनले कति कमाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विकास बैंकहरुको खुद नाफा सवा तीन अर्ब, कुनले कति कमाए ?



काठमाडौं । विकास बैंकहरुले चालु आर्थिक वर्षको १० महिनामा ३ अर्ब १७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको विवरण अनुसार चालु आवको १० महिनामा १२ विकास बैंकले उक्त रकम खुद नाफा आर्जन गरेका हुन् ।

५ वटा विकास बैंकलेयो अवधिमा घाटा व्यहोरेको विवरणमा उल्लेख छ ।

नाफा कमाउनेको शिर्ष स्थानमा मुक्तिनाथ विकास बैंक रहेको छ।मुक्तिनाथले चालु आवको वैशाख मसान्तसम्म करिब ९९ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, गरिमा विकास बैंकले ७५ करोड ७४ लाख र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५८ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

घाटा व्योहोर्नेहरुमा एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशि डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायाणी डेभलपमेन्ट बैंक र सलपा विकास बैंक रहेका छन् ।

प्रकाशित : ३० जेष्ठ २०८१, बुधबार १२:३८