नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्री पुनको प्रतिबद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्री पुनको प्रतिबद्धता



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले तीन खम्बे अर्थनीति कस्तो हुन्छ , त्यसका मोडल के हुन्छन् , त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? कस्तो कस्तो खालको भूमिकामा रहन्छ ? भन्नेकुरा स्पष्ट रुपले सबैले बुझ्ने गरी नीति स्पष्ट गर्ने बताए ।

उनले भने, ‘नयाँ चरणको एउटा आर्थिक सुधार जरुरी छ । त्यो बहस हुँदै आएको थियो । यस पटकको बजेटमा हामी नयाँ चरणको आर्थिक सुधार गर्छौं ।’

मन्त्री पुनले सरकार फेरिने कुरा स्वभाविक भएपनि नीतिहरुको निरन्तरता हुन आवश्यक रहेको बताए । साथै उनले सरकारमा रहेका दल र विज्ञहरु मात्र नभइ उच्चस्तरीय आयोग बनाएर नीतिको निरन्तरता दिन आवश्यक रहेको बताए ।

उनले नयाँ चरणको आर्थिक सुधारका लागि राजनीतिक नेतृत्व स्पष्ट रहेको बताए । उनले स्वदेशमै रोजगारको अवसर बनाउनसके अधिकांश नेपालीहरु स्वदेशमै काम गर्ने वातावरण बन्ने पनि बताएका छन् ।

प्रकाशित : २९ जेष्ठ २०८१, मंगलवार १४:५४