बीमितहरुले स्वास्थ्य बीमाका लागि असार मसान्तसम्म सेवा नवीकरण गर्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीमितहरुले स्वास्थ्य बीमाका लागि असार मसान्तसम्म सेवा नवीकरण गर्नुपर्ने



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि वि सं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले स्वास्थ्य बीमामा वि सं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो ।

नवीकरणका लागि आ‍-आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ । विसं २०८१ साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ ।

बोर्डका अनुसार हालसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार सात सय ८२ जना छन् भनेेे ५० लाख ३८ हजार आठ सय ४० जनाले नवीकरण गराएका छन् ।

प्रकाशित : २९ जेष्ठ २०८१, मंगलवार १३:४५