दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा, कस्को कति कित्ता ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा, कस्को कति कित्ता ?



काठमाडौं । दुई कम्पनीहरूले संस्थापक सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गर्न लागेका छन् । बेष्ट फाइनान्सले तीन लाख ५६ हजार ७४.५७ कित्ता र कुमारी बैंकले पाँच लाख ८१ हजार २५१ कित्ता संस्थापक विक्रीमा ल्याएको हो ।

कुमारी बैंकको संस्थापक सेयर खरिद गर्न इच्छुकहरुले जेठ २९ गते अर्थात आजदेखि असार ४ गतेसम्म आवेदन गर्न सक्नेछन । त्यसैगरी, बेष्ट फाइनान्सको संस्थापक सेयर असार ४ गतेदेखि ११ गतेसम्ममा खरिद गर्न सकिने छ ।

उक्त दुवै कम्पनीको सेयरको मूल्य १०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अकित गरी आवेदन पेश गर्न सकिनेछ । कुमारी बैंकको संस्थापक सेयर खरीदका लागि भने न्यूनतम एक लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

कुमारी बैंकको शेयर खरीदका लागि शेयर विक्री प्रबन्धक कुमारी क्यापिटलमा आवेदन पेश गर्नुपर्नेछ ।

त्यसैगरी, बेष्ट फाइनान्सको न्यूतम एक हजार कित्तादेखि अकितम सम्पूर्ण कित्तासम्मको लागि आवेदन गर्न सकिनेछ । बेष्ट फाइनान्सको शेयर खरीदका लागि केन्द्रीय कार्यालय कमलादी, फाइनान्स क्म्पनीक शाखा कार्यालयहरू बुटवल, नेपालगञ्ज, दाङ , इटहरी, नारायणगढ, विरगञ्ज र पोखराबाट आवेदन दिन सकिनेछ ।

साथै ग्लोबल आइएमई बैंकको उपत्यका वाहिरका शाखा कार्यालयहरू सुर्खेत, धनगढीबाट पनि आवेदन पेश गर्न सकिनेछ ।

प्रकाशित : २९ जेष्ठ २०८१, मंगलवार १३:२८