आइएमई लाइफको साधारण सभाबाट लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आइएमई लाइफको साधारण सभाबाट लाभांश पारित



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न सातौं वार्षिक साधारण सभाबाट लभांश पारित भएको छ ।

सभाले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गरिएको छ । चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित पारित भएको छ ।

यता, कमपनीको सञ्चालकमा रविनकुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको सातौं वार्षिक साधारण सभाले सर्वसाधारण समूहकोतर्फबाट उनलाई आगामी ४ वर्ष अवधिको लागि सञ्चालकमा निर्वार्चित गरेको हो ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार १९:१३