लक्ष्मी सन्‌राइजले मनायो ‘विश्व वातावरण दिवस २०२४’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी सन्‌राइजले मनायो ‘विश्व वातावरण दिवस २०२४’



काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले ‘प्रोजेक्ट 5K’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको ‘Our Land, Our Future. We are #GenerationRestoration’ भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५,००० रुख रोप्ने लक्ष्य राखेको थियो ।

जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगको
सहकार्यमा करिब ६,००० रूखहरू रोपेको जनाएको छ । यस देशव्यापी वृक्षारोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको बैंकले जनाएको छ ।

प्रोजेक्ट 5K सँगै लक्ष्मी सन्‌राइज बैंकले सोही दिवसमा आफ्नो एभोडेड इमिसन रिपोर्ट (Avoided Emission Report) पनि सार्वजनिक गरेको थियो । यस प्रतिवेदनले नवीकरणीय ऊर्जा–विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ । यस क्षेत्रमा गरिएको लगानी मार्फत बैंकले कुल २५,१३४.१८ tCO2e प्रतिशत कार्बन उत्सर्जन हुनबाट जोगाएको बताएको छ ।

यस प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल (PCAF) रिपोर्टकै निरन्तरता पनि हो । लक्ष्मी सन्‌राइज बैंक २०२१ देखी कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (Partnership for Carbon Accounting Financials – PCAF) मा संलग्न रहेको छ ।

वातावरण संरक्षणमा बैंकले गर्दै आएका विभिन्न पहलहरू मध्य एक रहेको प्रोजेक्ट 5K ले बैंकको दिगो वातावरण निर्माण गर्ने लक्ष्यमा टेवा पुर्‍याउने कुरामा बैंक विश्वस्त रहेको जनाएको छ ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार १९:०८