श्री केश तेलको प्रयोगले सय प्रतिशत नै कपाल झर्न रोक्दैन तर तेलले कपाल उमार्न सहयोग गर्छः बुढाथोकी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

श्री केश तेलको प्रयोगले सय प्रतिशत नै कपाल झर्न रोक्दैन तर तेलले कपाल उमार्न सहयोग गर्छः बुढाथोकी



काठमाडौँ । श्री केश हेयर ओयलले विभिन्न डिजिटल मिडिया एवम् सामाजिक सञ्जालहरूमा आएका गुनासोहरूको स्पष्टिकरण दिएको छ ।

सोमबार नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा पत्रकार सम्मेलन गर्दै सप्तऋषि ओइल एण्ड कस्मेटिक प्रा.ली का म्यानेजिङ डाइरेक्टर टिकालाल बुढाथोकीले यसबारे स्पष्टीकरण दिएका हुन् ।

उनले विभिन्न डिजिटल मिडिया एवम् सामाजिक सञ्जालमा श्री केश हेयर ओयलको उत्पादन, भण्डारण र गुणस्तरको बारेमा गुनासोहरू आएको भन्दै श्री केश तेल लगाएर कसैको पनि कपाल नझर्ने दाबी गरे ।

उनले श्री केश तेलको प्रयोगले सय प्रतिशत नै कपाल झर्न नरोक्ने तर तेलले कपाल उमार्न सहयोग गर्ने बताए ।

उनले श्री केशमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडिबुटिहरू कपालको सुरक्षा, पोषण र उपचारमा सहयोगी, गुणस्तरीय र उपयोगी रहेको उनले बताए । यस उत्पादनले ट्रेडमार्क समेत प्राप्त गरिसकेको जानकारी दिए ।

उनले नेपालमा धेरै जडीबुटीको सम्भावना देखेर श्रीकेश तेलमा लगानी गरिएको बताए । उनले श्रीकेश हेयर ओइल नेपाल सरकारको नीति र नियममा रहेर सम्बन्धित निकायबाट उत्पादन अनुमति प्राप्त कम्पनी भएको जानकारी दिए ।

उनले श्रीकेश तेल लगाएर नराम्रो छ भने भन्नु है भनेर प्रधानमन्त्रीलाई भन्ने आट समेत गरेको बताए ।

उनले आफ्नो उत्पादनलाई ग्राहकसामु पुर्‍याउन श्रीकेश तेल सबैलाई वितरण गरेको बताए ।

यसैगरी कार्यक्रममा आयुर्वेद चिकित्सक डा सविन दवाडीले नेपाल सरकारी निकायहरुबाट आधिकारीक रुपमा प्रमाणीत गरिएको तेल रहेको प्रतिक्रिया दिए । उनले श्रीकेश तेल मानिसको कपालका लागि लाभदायक रहेको प्रतिक्रिया दिँदै बजारमा आएजस्तो भ्रममा नपर्न सबैलाई अनुरोध गरे ।

म्यानेजिङ डाइरेक्टर बुढाथोकीले जडीबुटी क्षेत्रमा खोज, अनुसन्धान एवं थप गुणस्तरीय वस्तुहरूको उत्पादन, स्वदेश एवं विदेशमा बिक्री वितरण गर्ने कम्पनीको भावी योजना रहेको बताए ।

उनले नेपाल सरकारबाट जडीबुटी खेतीको लागि आवश्यक जमिन प्राप्त भएमा छिट्टै तराई पहाड र हिमाली क्षेत्रमा जडीबुटी खेती गर्ने कार्यक्रम कम्पनीको योजना रहेको समेत बताए ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार १९:१०