दश महिनामा भित्रियो ११ खर्ब ९८ अर्ब ६० करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

Feature News

दश महिनामा भित्रियो ११ खर्ब ९८ अर्ब ६० करोड



काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स ९ अर्ब २ करोड पुगेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ)लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ । यो अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई १३ खर्ब १ अर्ब ७२ करोड पुगेको छ ।

त्यस्तै विदेशी विनिमय सञ्चिती पनि बैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । जबकि २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर विदेशी मुद्रा सञ्चिती थियो ।

कुल विदेशी विनिमय सञ्चिती २६.२ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिती २४.२ प्रतिशतले वृद्धि भइ १४ अर्ब ५४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २८ प्रतिशतले वृद्धि भई १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार १८:५५