ट्रष्ट माइक्रो इन्स्योरेन्सले आइपीओ जारी गर्ने, साधारण सभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आइपीओ जारी गर्ने, साधारण सभा आह्वान



काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले असार २२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बुटवलमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नछ । सभाले सञ्चाल समितिको निर्वाचन गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा रहेका छन् ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार ११:२०