सौराहाका १६ भन्दा बढि होटलमा प्रभु बैँकका ग्राहकलाई छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सौराहाका १६ भन्दा बढि होटलमा प्रभु बैँकका ग्राहकलाई छुट



काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहक वर्गहरुलाई भरतपुर भम्रण २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

छुट्टा छुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेश–५की प्रमुख साँग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धर द्घारा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण भरतपुर जिल्ला बिभिन्न प्राकृतिक छटाले भरिपुर्ण रमणिय पर्यटकिय स्थलका रुपमा चिनिन्छ । सौराहा, मेघौली ,कसरा,देबघाटधाम जस्ता रमणिय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ ।

बिभिन्न देश तथा बिदेश बाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाईन्छ । बिश्वमै अति दुर्लभ एक सिङ्गे गैँडा, बिभिन्न प्रजातीका चराचुरुङ्गि, मृग जस्ता जङ्गली जनावरहरुएवंम वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकन का निम्ति जिप सफारी, हात्ति सफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनिहरुको सांस्कृतिक,पुरातात्विक एवंम मौलिक किसिमको नृत्य पर्यटकहरुका लागि मुख्य आर्कषकको केन्द्र हो ।

सो सम्झौता बमोजिम ग्राहकवर्ग तथाप्रभु बैँक लि.का कर्मचारीहरुका लागि आवासमा ८∞ देखी १५∞ तथा खानातथा पेय पदार्थमा १० ∞ देखी १५∞ सम्मका छुट प्राप्त गर्न सकिने छ ।

प्रकाशित : २७ जेष्ठ २०८१, आईतवार १६:१६