शुभकामना साकोसद्धारा वृक्षारोपण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शुभकामना साकोसद्धारा वृक्षारोपण



काठमाडाैं । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले वृक्षारोपण गरेको छ । संस्थाले २४ औं स्थापना दिवस तथा तथा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको हो ।

संस्थाले सो अवसरमा वातावरण संरक्षण मञ्चसँगको सहकार्यमा सूर्यविनायक वडा नं १० चित्तपोलको लिंगो वनमा वृक्षारोपण कार्यक्रम गरेको जनाएको छ । संस्थाले विविध कार्यक्रम गरी स्थापना दिवस मनाई रहेको छ । स्थापना दिवसको अवसमा संस्थाले सूर्यविनायक नगरपालिका ६ नं वडा कार्यालयमा डस्टविन वितरण गरेको छ ।

प्रकाशित : २७ जेष्ठ २०८१, आईतवार ११:१५