प्राइम कमर्सियल बैंकले संस्थापक सेयर लिलामी बिक्रीमा ल्यायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राइम कमर्सियल बैंकले संस्थापक सेयर लिलामी बिक्रीमा ल्यायो



काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको हो ।

यो सेयरका खरिदका लागि जो कोही व्यक्ति, संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले सो व सो भन्दा माथिको मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि आगामी जेठ ३१ गतेभित्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ ।

प्रकाशित : २७ जेष्ठ २०८१, आईतवार १०:५०