ढकालकाे संयाेजकत्वमा पूँजी तथा वित्त बजार संघकाे तदर्थ समिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ढकालकाे संयाेजकत्वमा पूँजी तथा वित्त बजार संघकाे तदर्थ समिति गठन



काठमाडौ । नेकपा एमालेले पूँजी बजार तथा वित्तीय क्षेत्रका ब्यवसायीहरूकाे संगठन पूँजी तथा वित्त बजार संघकाे घाेषणा गर्दै यस्ताे पहल गरेकाे हाे ।

संघकाे पहिलाे राष्ट्रिय भेलाले सागर ढकालकाे संयाेजकत्वमा तदर्थ समिति गठन गरिएकाे छ । समितिकाे उपाध्यक्षमा कृष्ण गिरि र महासचिवमा  कुमार पौडेल छन् भने सचिवमा डिल्लीराम पंगेनी छन् । बलराम राई काेषाध्यक्ष रहेकाे समितिका सदस्यमा सीए संजीव ढकाल,वीर बहादुर तामाङ,तेज प्रसाद अर्याल,वुद्धिराज ढकाल,राजेश कार्की, दिपक अधिकारी,संगिता तिमिल्सीना,अमृत खड्‌का,प्रकाश भुसाल छन् ।

समितिका सल्लाहाकारमा तिलक कोइरला,राधा पोखरेल,धर्म सापकोटा र राज कुमार तिमिल्सिना रहेका छन् ।

संघ पूँजीबजार सम्बन्धि एमालेको पहिलो र आ धिकारिक संघ हो । संघको गठनसँगै अवका दिनमा पुँजी बजारमा देखिएका समस्या समाधानमा शसक्त रुपमा आवाज उठाउने संयोजक ढकालले बताए । यसगरी अहिलेको सरकारले पुँजी र वित्त बजारको समाया समाधान गर्न कुनै पहल नगरेको भन्दै अब संस्थागत रुपमै समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।

प्रकाशित : २५ जेष्ठ २०८१, शुक्रबार १७:०९