एनएमबि बैंक “ग्रीन बैंक अफ द इयर २०२४”अवार्डले सम्मानीत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंक “ग्रीन बैंक अफ द इयर २०२४”अवार्डले सम्मानीत



काठमाडौं । एनएमबि बैंक “ग्रीन बैंक अफ द इयर २०२४” अवार्डबाट सम्मानित भएको छ। यो पुरस्कार विश्व यो सम्मान एनएमबि बैंकको वातावरणीय दिगोपन प्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा हो।

एनएमबि बैंक वातावरणीय विचारहरूलाई रणनीतिक रुपमा एकीकृत गर्दै,दिगो वित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको छ।

एनएमबि बैंक विगत २७ वर्षदेखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो।

बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसिया कै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधीबाट सम्मानित भएको बैंक हो।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकोछ। एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरुर ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित : २५ जेष्ठ २०८१, शुक्रबार १३:२२