सिटिजन्स बैंकको चार हजार कित्ता संस्थापक शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन्स बैंकको चार हजार कित्ता संस्थापक शेयर बिक्रीमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ४ हजार ४४० दशमल ८७ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकले प्रतिकित्ता १०३ रूपैयाँ अंकित मूल्यमा यी शेयर बिक्रीमा ल्याएको हो ।

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ । यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

प्रकाशित : २४ जेष्ठ २०८१, बिहीबार १०:५२