बजेटको प्रकृति वितरणमुखी नभई उत्पादनमुखी छः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बजेटको प्रकृति वितरणमुखी नभई उत्पादनमुखी छः अर्थमन्त्री



काठमाडाैं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटको प्रकृति वितरणमुखी नभई उत्पादनमुखी भएको दाबी गरेका छन्।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत राजस्व र आयव्ययको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले विगतमा गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने र बदलिँदो विश्व अर्थ व्यवस्थामा मुलुकको वस्तुगत आवश्यकताको दृष्टिकोण बजेटमा रहेको बताए।

बजेटले उत्पादन र रोजगारीका अवसर सिर्जना गर्ने उल्लेख गर्दै उनले बजेटका माध्यमबाट समन्वयात्मक भूमिका निर्वाह गरी लक्षित राजस्व संकलनमा सफलता मिल्ने विश्वास व्यक्त गरे।

मन्त्री पुनले नयाँ करका रूपमा हरित कर थालनी गरिएको जनाउँदै मुलुकले सौर्य र नवीकरणीण ऊर्जातर्फ ध्यान दिएको जानकारी दिए। आलु, प्याज र स्याउको आन्तरिक उत्पादनलाई संरक्षण गर्न मूल्य अभिवृद्धि कर हटाइएको उनको भनाइ छ।

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलवार १७:२५