सुनचाँदीको भाउ ह्वात्तै बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको भाउ ह्वात्तै बढ्याे



काठमाडौ । मंगलबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला १७ सय रुपैयाँले बढेको छ । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

त्यस्तै, आज तेजावी सुन पनि १७ सय रुपैयाँले नै बढेको छ ।  यस दिन तेजावी सुन प्रतितोला १ लाख ४२ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो दिन चाँदीको भाउ भने २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २२ हजार ३४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २१ हजार ७४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९४ रुपैयाँ तोकेको छ ।

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलवार १२:०५