लायन्स क्लवको सहयोगमा निः शुल्क बाथरोग शिविर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

लायन्स क्लवको सहयोगमा निः शुल्क बाथरोग शिविर



काठमाडौं । लायन्स क्लवको सहयोगमा ललितपुरको टंगल टोलमा निःशुल्क बाथरोग शिविर सम्पन्न भएको छ। लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डश, नेशनल बाथरोग सेन्टर रातोपुल, उर्जा बचत तथा ऋण सहकारी संस्था, सहयोगी महिला जागरण मञ्च, लायन्स क्लव अफ काठमाडौँ युनाइटेड सेन्टरको संयुक्त आयोजनामा निः शुल्क बाथरोग शिविर सम्पन्न भएको हो।

वरिष्ठ बाथ रोग विशेषज्ञ डा श्वेता नकर्मीद्वारा स्वास्थ्य परीक्षण गरिएको उक्त शिविरमा १४५ जनाको इएसआर, सीआरपी, युरिक एसिड र सुगर परिक्षण गरिएको थियो ।परीक्षणपश्चात् बिरामीहरुलाई आवश्यकता अनुसार औषधि वितरण गरिएको थियो।

लायन्स क्लब डिष्ट्रिक जेको रिजन प्रमुख रोशनकुमार श्रेष्ठका अनुसार पहिलोपटक आयोजना गरिएको यस शिविरले आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रमा थप काम गर्नका लागि उत्साह थपिएको छ।

पछिल्लो समय नेपालमा बाथ रोगीहरुको संख्या बढ्दै गएकोले बाथ रोग विशेष शिविर सञ्चालन गरिएको उनले बताए।

प्रकाशित : २१ जेष्ठ २०८१, सोमबार १६:३७