नवीकरणबापतको शुल्क तिर्न सिद्धार्थ क्यापिटलको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नवीकरणबापतको शुल्क तिर्न सिद्धार्थ क्यापिटलको आग्रह



काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले डिम्याट (हितग्राही) खातावालालाई वार्षिक नवीकरण शुल्क तिर्न भनेको छ ।

कम्पनीले सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकका शाखा कार्यालयमा डिम्याट खाता खोली धितोपत्र कारोबार गर्दै आएका खातावालालाई नवीकरणबापतको शुल्क तिर्न भनेको हो ।

डिम्याट खातावालाले प्रत्येक आवको १०० रुपियाँका दरले वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने प्रावधान रहेअनुसार असार मसान्तभित्र शुल्क तिर्नुपर्नेछ ।

शुल्क सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालय वा इसेवा, आईएमई-पे, खल्ती, प्रभु-पे वा कनेक्ट आईपीएस जस्ता विद्युतीय भुक्तानी माध्यमबाट शुल्क तिर्न सक्नेछन् ।

साथै, शुल्क भुक्तानी नगरेका खातावालाको डिम्याट खाता शुल्क नतिरेसम्मका लागि रोक्का गरिने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित : २१ जेष्ठ २०८१, सोमबार ११:१४