कृषि बीमामा प्रिमियम छुट, पशुपन्छी बीमाको प्रिमियममा अनुदान स्वरुप १.६५ अर्ब बजेट विनियोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कृषि बीमामा प्रिमियम छुट, पशुपन्छी बीमाको प्रिमियममा अनुदान स्वरुप १.६५ अर्ब बजेट विनियोजन



काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा कृषि बीमामा किसानलाई बीमा प्रिमियममा छुट हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

अर्थमन्त्री पुनले कृषि क्षेत्रको अवलम्बन गर्ने उद्देश्यले कृषकलाई विशेष प्राथमिकतामा राख्दै कृषि बीमामा प्रिमियमा छुट दिने बताएका हुन् ।

योसँगै आगामी आवमा करार खेती उत्पादन, कृषि बाली, उन्नत बीउ, सिंचाईमा समेत सहजता गरिदिने अर्थमन्त्री पुनले बताए । साथै किसानलाई विभिन्न बाली लगाउन कर्जामा समेत सहजता गर्ने अर्थमन्त्री पुनले बताए ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १५:४६