प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई द सोल्टि होटेलमा विशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई द सोल्टि होटेलमा विशेष छुट



काठमाडौँ । काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । जेठ १३ गते प्रभु बैँककातर्फबाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टि होटेल ग्रुपकातर्फबाट म्यानेजर सुदन अधिकारीले समझौता पत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौतापत्र हस्तान्तरण गरेका हुन् ।

द सोल्टि होटेल ग्रुप अन्र्तगत द सोल्टि होटेल एण्ड रिसोर्ट,सोल्टि वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टि वोष्टेण्ड इटहरी, सोल्टि वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टि वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुरसँग प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिए बापत बिशेष छुट पाउने छन् ।

सम्झौता अनुसार प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विलभुक्तानी गर्नुपर्ने छ । द सोल्टि होटेल ग्रुपको उल्लेखित होटेल तथा रिसोर्ट मार्फत उपलब्ध आवास तर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १५% छुट प्राप्तगर्न सक्नेछन ।

प्रकाशित : १४ जेष्ठ २०८१, सोमबार १३:१८