३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण



काठमाडाैं । संघीय सरकारले देशभर ३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण गरेको छ ।अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उक्त तथ्याङ्क प्रस्तुत गरिएको छ ।

२०८० फागुनसम्म देशभर १८ हजार २ सय ४१ किलोमिटर सडक कालोपत्रे भएको छ । ७ हजार ६ सय ९७ किलोमिटर ग्राभेल र ८ हजार ३ सय २९ किलोमिटर सडक कच्ची रहेको तथ्यांकले औंल्याएको छ । कूल सडकमध्ये ५३.२ प्रतिशत कालोपत्रे, २२.२ प्रतिशत ग्राभेल र २४. ३ प्रतिशत कची छ ।

प्रकाशित : १४ जेष्ठ २०८१, सोमबार ११:११