ग्लोबल आइएमई बैंकका कार्ड बाहक ग्राहकलाई दराजमा १५ प्रतिशतसम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकका कार्ड बाहक ग्राहकलाई दराजमा १५ प्रतिशतसम्म छुट



काठमाडाैं । ग्लोबल आइएमई बैंकले आफ्ना कार्ड बाहक ग्राहकहरूलाई दराजबाट अनलाइनमार्फत् सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत् सामान खरिद गर्दा खरिद १५ प्रतिशतसम्म छुट पाउनेछन्। यो योजना जेठ १३ गतेदेखि ३ महिनासम्म रहने छ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत वा ५०० रूपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा ७५० रूपैयाँसम्म छुट पाउनेछन्।

यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइने छ।

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई विशेष योजनाहरू सार्वजनिक गर्दै आएको छ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गरी लावान्भित गरिरहेको छ।

प्रकाशित : १४ जेष्ठ २०८१, सोमबार १०:४७