काठमाडाैं । प्रतिनिधि सभाको आइतबारको बैठकमा विपक्षी नाराबाजी र अवरोधका बीच सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम १३ दिनपछि पारित भएको हो ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेट १५ जेठ १५ गते अपरान्ह १ बजे प्रस्तुत गर्ने भएको छ । सभामुख देवराज घिमिरेले सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्न जेठ १५ गते अपरान्ह १ बजे बैठक बोलाएका हुन् ।
आगामी आर्थिक वर्ष २०८१/०८२को लागि चालू आवको भन्दा कम्तीमा १ खर्ब रुपैयाँ बढीको बजेट ल्याउने तयारी भइरहेको छ ।
जसका लागि अर्थमन्त्री बषमान पुन राष्ट्रिय योजना आयोगले दिएको ’सिलिङ’ भन्दा कम्तिमा १ खर्ब रुपैयाँ बढीको बजेट ल्याउने तयारीमा छन्।
नेपालमा जेठ १५ गते बजेट ल्याउने नियम छ। त्यसअघि संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ।अहिले बजेट लेख्ने काम अन्तिम चरणमा छ।
Comment