काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार सेवाका लागि कर्मचारी माग गरेको छ । मन्त्रालयले स्टाफ नर्स पाँचौं तहका लागि १०० जना कर्मचारी दरखास्त आब्हान गरेको हो ।
उमेर १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १७ गते दिउँसो ३ बजेसम्म आवेदन दिनुपर्नेछ । परीक्षा जेठ २६ गते हुने छ ।
मन्त्रालयले पुल दरबन्दी अन्तर्गत लोक सेवा आयोगबाट स्थायी पदपुर्ती भइ आएमा वा अस्पताललाई आवश्यक नभएमा स्वत हट्ने गरी करार सेवामा जनशक्ति माग गरेको हो ।
पदपूर्ति सम्बन्धी सूचना

Comment