राष्ट्रिय वाणिज्य बैंकका सीईओ खनालले लिए शपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय वाणिज्य बैंकका सीईओ खनालले लिए शपथ



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनालले शपथ तथा पदभार ग्रहण गरेका छन् । बैंकका सीईओ खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम देवेन्द्ररमण खनाललाई बैंकको सीइओको पदमा चार वर्षका लागि नियुक्ति गरिएको थियो ।

पदभार ग्रहणको अवसरमा नवनियुक्त सीइओ खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यन्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी कार्य गरिने बताए ।

प्रकाशित : ११ जेष्ठ २०८१, शुक्रबार १३:०४