काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुुुसार बुधबार प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबर भइरहेको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेर तोलामा १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।
Comment