कैलाश सिरोहिया तीन दिन हिरासतमा रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

कैलाश सिरोहिया तीन दिन हिरासतमा रहने



काठमाडौं । नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया तीन दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत, धनुषाले सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले भने सरकारी वकिलको कार्यालयमार्फत उनलाई पाँच दिन हिरासतमा राख्ने अनुमति मागेको थियो । तर जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई तीन दिन मात्रै हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रकाशित : ९ जेष्ठ २०८१, बुधबार १६:११