राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि ‘सर्टलिस्टेड’ ५ जनाको अन्तरवार्ता दिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि ‘सर्टलिस्टेड’ ५ जनाको अन्तरवार्ता दिँदै



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ‘सर्टलिस्ट’ भएका ५ जनाको अन्तरवार्ता आज (जेठ ९ गते) बुधबार हुँदैछ। सीईओ छनोट उपसमितिको गत आइतबार बसेको बैठकले ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको हो।

सीईओका लागि सर्टलिस्टमा पर्नेहरूमा नेपाल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बैंककै बहालवाला नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन्।

आज उनीहरुले व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाता दिनेछन्।

प्रकाशित : ९ जेष्ठ २०८१, बुधबार १३:३५