राष्ट्रिय वाणिज्य बैंकको सीईओमा ५ जनाकाे नाम सर्टलिस्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा ५ जनाकाे नाम सर्टलिस्ट



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्न पाँच जनाको नाम सङक्षिप्त सूची (सट लिस्ट) मा परेको छ । बैंकको प्रमुख कार्याकारी अधिकृत नियुक्ति सिफारिस उप–समितिले पाँच जना उम्मेदवारको नाम सट गरेको हो ।

समितिले कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर के।सीको नाम प्रकाशन गरेको छ ।

आइतबार बसेको उपसमितिको बैठकले सिइओको सर्ट लिस्ट प्रकाशन गरेको हो । सोही बैठकले प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान समेत तोकेको छ । सट लिस्टमा परेका उम्मेदवारहरुको प्रस्तुतीकरण तथा अन्तर्वार्ता जेठ ९ गते बुधवारलाई तोकिएको छ ।

बैंकको सिइओका लागि २० जनाले आवेदन दिएका थिए । बैंकले गत बैशाख ७ गतेदेखि २१ दिनको म्याद राखेर सिइओ पदका लागि दरखास्त खुलाएको थियो ।

प्रकाशित : ७ जेष्ठ २०८१, सोमबार १५:१२