प्रधानमन्त्रीले चौथौपटक पाए विश्वासको मत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रधानमन्त्रीले चौथौपटक पाए विश्वासको मत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रधानमन्त्री दाहालले काँग्रेससहितको विपक्ष दलहरुको अवरोधका बीच १५८ जना सांसदहरु उपस्थित भएकोमा १५७ जना सांसदले सो प्रस्तावको पक्षमा मतदान गरे।

प्रतिनिधि सभामा हाल उपस्थित रहेका सांसदहरुको संख्या मध्ये १५७ मत बहुमत भएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे । यता विपक्षहरुले मत नहालेकाले सो प्रस्ताबको विपक्षमा जिरो मत परेको थियो ।

प्रतिनिधिको अर्को बैठक जेठ ८ गते मंगलवार बिहान ११ बजे बोलाइएको छ ।

प्रकाशित : ७ जेष्ठ २०८१, सोमबार १४:११