संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसंघको आपत्ति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसंघको आपत्ति



काठमाडौं‍ । प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै नेपाल विद्यार्थी संघले आपत्ती जनाएको छ ।

नेविसङ्घले संसद्मा सत्तारूढ दलबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध जारी रहँदा भएको असंसदीय कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार संसद्मा सत्तारूढ दल र सभामुखकै कारण संसद्को गरिमामाथि प्रश्न उठ्न पुगेको आरो लगाएका छन् ।

कांग्रेस उपसभापति धनराज गुरुङले संसद्‌भित्र नारा लगाइरहेका बेला एमाले सांसद केपी ओलीबाट भएको व्यवहार निन्दनीय भएकाे उल्लेख छ ।

यस्तै संसद्मा रुलिङ सभामुखले गर्ने हो, सत्तारूढ दलले होइन भन्दै सामान्य मर्यादा नभुल्न संघले सत्तारूढ दललाई चेतावनी समेत दिएको छ ।

प्रकाशित : ४ जेष्ठ २०८१, शुक्रबार १०:५५