ट्रष्ट माइक्रो इन्स्योरेन्सको नाफा १.१४ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ट्रष्ट माइक्रो इन्स्योरेन्सको नाफा १.१४ करोड



काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०।८१को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २.१९ रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीले २३ लाख ८४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन भने ६ लाख ३८ हजार रुपैयाँ रहेको छ।

चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म महाविपत्ति कोषमा ७ लाख १२ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा १ लाख ३८ हजार रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङमा ६२ लाख १८ हजार रुपैयाँ र अन्य इक्विटी १ लाख ४२ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म रिटेन्ड अर्निङमा ११ लाख ६६ हजार र अन्य इक्विटीमा २७ हजार ६१४ रुपैयाँ थियो।

प्रकाशित : ३१ बैशाख २०८१, सोमबार १८:३०